नियम ६७
बिदा पछि हाजिर हुनु पर्ने
(१) बिदा लिई बसेको सैनिक व्यक्तिले सो बिदा भुक्तान भएपछि अनिवार्य रुपमा कर्तव्यमा हाजिर हुनु पर्नेछ र बिदा भुक्तान हुँदाका दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट हाजिर हुनु पर्नेछ ।
(२) सैनिक व्यक्तिले स्वीकृत बिदा भुक्तान भएपछि हाजिर नभई गयल परेमा त्यसरी गयल पर्नाको मनासिव कारण सहित पछि हाजिर हुन आएमा निजको सञ्चित बिदाबाट कट्टा हुने गरी बढीमा तीस दिनसम्मको बिदा स्वीकृत हुन सक्नेछ । तर मनासिव कारण पेश गर्न नसकेमा गयल सम्बन्धी कसूरमा ऐन बमोजिम कारबाही हुनेछ ।